भोजपुर कांग्रेसको सभापतिमा पौडेल पक्षका वान्तवा निर्वाचित – Nepal Press

भोजपुर कांग्रेसको सभापतिमा पौडेल पक्षका वान्तवा निर्वाचित

भोजपुर । नेपाली कांग्रेस भोजपुरको जिल्ला सभापतिमा विनोद वान्तवा निर्वाचित भएका छन् । जिल्ला सभापतिमा प्रतिस्पर्धा गरेका ३ जनामध्ये कसैले ५० प्रतिशत मत नल्याएपछि चुनाव दोस्रो चरणमा धकेलिएको थियो ।

पहिलो चरणमा पहिलो बनेका वान्तवालाइ दोस्रो बनेका नन्दमणि राईले समर्थन दिएपछि दोस्रो चरणको निर्वाचन गर्नु परेन ।

वान्तवा केन्द्रीय राजनीतिमा संस्थापन इतर अर्थात वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन् ।

उनले पहिलो चरणमा ४ सय १५ मत ल्याउँदा राईले ३ सय ९४ मत ल्याएका थिए । तेस्रो भएका बालकृष्ण थापाले २ सय ६० मत ल्याएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर