भरतपुरमा प्रचण्डले भने- छोरीको प्रशंसा गर्‍यो भनिएला, तर यस्तो मेयर सहजै पाइँदैन – Nepal Press

भरतपुरमा प्रचण्डले भने- छोरीको प्रशंसा गर्‍यो भनिएला, तर यस्तो मेयर सहजै पाइँदैन

चितवन । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरकी मेयर आफ्नी छोरी रेणु दाहालको प्रशंसा गरेका छन् ।

भरतपुरमा आयोजित एक कार्यक्रममा छोरी रेणु दाहाललक्षित गर्दै प्रचण्डले भने, ‘यस्तो महिला नेतृत्व भरतपुरले पाउनु, सजिलै पाउने चिज हो भन्ने मलाई लाग्दैन, छोरीको प्रशंसा गर्‍यो भन्ने पनि आलोचना होला कतिपय कोणबाट, तर यो यथार्थ हो । समृद्धिको यात्रा जसरी सुरू गरेको छ, त्यो भत्किन नपाओस् । त्यसको रक्षा गरियोस् ।’ उनले गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्यलाई अघि बढाउनै पर्ने बताएका छन् ।

चितवनमा केही लुकेको प्रचण्डले बताएका छन् । उनले भने, ‘सबैले चितवन रोज्नुको पछाडि समथिङ इज हिडन, केही कुरा त लुकेको छ नि चितवनभित्र । यो सबैका लागि गौरवकै कुरा हो । हाम्रा मित्र हुन् या आलोचक हुन्, या विरोधी सबैका लागि चितवन भन्ने भएको छ ।’

उनले आफू जुन जिल्लामा जाँदा समेत चितवनमा अब के हुन्छ भन्दै सोध्ने गरेको बताए । ‘धेरै राजनीति दलहरूले यहीँ कार्यक्रम गर्न थाले, सेन्टर परेर पनि होला । त्यसले तपाईं-हाम्रो सबैको जिम्मेवारी बढाएको छ ।’

देशभरका जनताको केन्द्रिकरण भएको जनताको सहकार्य र अन्तक्रिया भएको जिल्ला भएकाले राष्ट्रको समग्र विकास र समाजवादी आन्दोलनमा चितवनले खेल्नुपर्ने भूमिका धेरै रहेको बताए । प्रचण्डले घुमाउँरो शैलीमा आगामी चुनावमा आफूलाई जिताउन आग्रह गरे । ‘सबैले चाहेर त्यस्तो भूमिका खेल्न सक्दैनन् । राजनैतिक स्थायित्व दिन जरुरी छ । यदि विकास, समृद्धि र समाजवादको कुरा गर्छौं भने । यहाँ अस्थिरता कायम गर्ने कोशिस भयो भने समाजवाद निर्माणकोको यात्राको प्रारम्भमै डिरेल हुने खतरा हुन्छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *