शंकर पोखरेल भन्छन्- महाधिवेशनबाट एमाले जनताको पार्टी भन्ने पुष्टि गर्छौं – Nepal Press

शंकर पोखरेल भन्छन्- महाधिवेशनबाट एमाले जनताको पार्टी भन्ने पुष्टि गर्छौं

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमालेका कार्यकर्तासँग मात्र जनपरिचालनको सामर्थ्य भएको बताएका छन् ।

वुद्धिजिवी संगठनको कार्यक्रममा सम्बोधन गर्दै नेता पोखरेलले आसन्न महाधिवेशनमा चितवनमा देखिने भीडले त्यसलाई पुष्टि गर्ने बताए ।

‘गोदावरीको विधान अधिवेशन र चितवनमा हुन गइरहेको राष्ट्रिय अधिवेशनका विशेषताहरू फरक छन् । हामीले विधान अधिवेशनमा कार्यकर्ताको सहभागितालाई जोड दियौं । राष्ट्रिय महाधिवेशनमा जनताको परिचालनमा जोड छ ।’

महाधिवेशन उद्घाटन समारोहमा नारायणी किनारमा हुने देशभरका ५ लाखभन्दा बढीको जमघट हुने भन्दै पोखरेलले भने, ‘मास बेस क्याडर्स पार्टी अर्थात् हाम्रा कार्यकर्ताहरू जनताको परिचालनको सामर्थ्य राख्छन् भन्ने देखाउँन जरुरी छ ।’

केही पार्टी एमालेभन्दा बढी सदस्य बनाउँछु भन्दै हिँडेको पोखरेलले बताए । माओवादीले ३०/३२ लाख सदस्य पुर्‍याउने भनेकोतर्फ उनले भने, ‘एमालेसँग मिलेर चुनाव लड्दा १३ लाख मत ल्याएको होइन । यदी नेता-कार्यकर्ता धेरै छन् तर जनतासँग सम्बन्ध छैन भने । त्यो मास बेस क्याडर्स होइन ।’

पार्टी सदस्य जति छन् त्यति पनि भोट नआउने पार्टीको अर्थ नभएको उनको भनाइ छ । ‘अहिले हामीसँग जति कार्यकर्ता छन् । त्योभन्दा धेरै गुणा जनपरिचालन गर्छन् भन्ने देखाउँनुछ ‘, पोखरेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर