एमाले महाधिवेशन: कपिलवस्तुकाे क्षेत्र नं १ मा ८ जना प्रतिनिधि निर्विरोध चयन – Nepal Press

एमाले महाधिवेशन: कपिलवस्तुकाे क्षेत्र नं १ मा ८ जना प्रतिनिधि निर्विरोध चयन

रूपन्देही । नेकपा एमालेकाे दशाै महाधिवेशनमा सहभागी हुनका लागि कपिलवस्तुकाे निर्वाचन क्षेत्र नं १ मा ८ जना प्रतिनिधि निर्विरोध चयन भएका छन् ।

प्रक्रिया अन्तरगत उम्मेदवारी दिएकाहरुले आवश्यकता अनुसार प्रतिनिधि चयन गर्न नेतृत्वलाई जिम्मेवारी दिएपछि निर्विरोध प्रतिनिधि चयन भएकाे एमाले कपिलवस्तुले जनाएको छ ।

उक्त निर्वाचन क्षेत्रबाट खुल्लातर्फ जिल्ला अध्यक्ष झबिलाल पाेखरेल, प्रदेशसभा सदस्य बिष्णु पन्थी, विश्राम चाैधरी, डम्बर शर्मा घरबरण यादव र विश्व कार्की चयन भएका छन् भने महिलातर्फ प्रभा पौडेल शान्ता पाण्डे चयन भएकी छन् ।

त्यसैगरी कपिलवस्तु जिल्लाबाट दलित प्रतिनिधिमा भने शान्ति देवी हरिजन र सिवि गहतराज निर्विरोध चयन भएको एमालेले जनाएको छ। क्षेत्र नं २ मा पनि निर्विरोध रूपमा ६ जना छनाैट भएकाे नेता भेषराज पाण्डेले जानकारी दिए ।

३ निर्वाचन क्षेत्र रहेकाे कपिलवस्तुका क्षेत्र नं ३ मा पनि निर्विरोध प्रतिनिधि चयनका लागि अन्तिम तयारी भएकाे उनले बताए । यहाँबाट ५ जना चुनिने छन् । कपिलवस्तुबाट खुल्ला दलित र महिला गरी १९ जना प्रतिनिधि चयन हुनेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर