नयाँ ३ प्रदेश प्रमुखले लिए सपथ – Nepal Press

नयाँ ३ प्रदेश प्रमुखले लिए सपथ

काठमाडौं । नवनियुक्त ३ प्रदेशका प्रमुखहरूले सपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।

प्रदेश प्रमुखको सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालगायत उपस्थित थिए ।

सरकारको सिफारिसमा मंगलबार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख नियुक्त भएका थिए । नयाँ प्रदेश प्रमुखहरूमध्ये खापुङ जसपा, परियार नेकपा माओवादी र जोशी नेपाली कांग्रेसनिकट हुन् । जोशी संविधानसभा सदस्यसमेत हुन् ।

यसअघि प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर