ए डिभिजन लिगको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनमा – Nepal Press

ए डिभिजन लिगको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनमा

काठमाडौं । कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनले गर्ने भएको छ ।

कान्तिपुरले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग एक वर्षका लागि प्रशारण अधिकारका लागि सम्झौता गरेको हो । बिहीबार भएको सम्झौता पत्रमा एन्फाका तर्फबाट महासचिव इन्द्रमान तुलाधर र कान्तिपुर टेलिभिजिनका तर्फबाट मार्केटिङ म्यानेजर गौरी दाहालले हस्ताक्षर गरे ।

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुन लागेको ए डिभिजन लिग विभिन्न चारवटा मैदानमा गर्ने तयारी गरिएको छ ।

कान्तिपुर टेलिभिजनबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलहरू प्रत्यक्ष प्रशारण हुनेछ । ए डिभिजन लिगमा १४ टिमले सहभागिता जनाउँदैछन् ।

लिगको उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र सातदोवाटो युथ क्लब आमने सामने हुने छन् । १४ टिमको सहभागीता रहने ए डिभिजन लिगमा १३ राउण्डको ९१ खेलबाट लिगको विजेता टुंगो लाग्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *