कैलालीमा युवक हत्या प्रकरण- आठ जना सार्वजनिक, फरारकाे खोजी हुँदै – Nepal Press

कैलालीमा युवक हत्या प्रकरण- आठ जना सार्वजनिक, फरारकाे खोजी हुँदै

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा आठ जनालाई सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा लम्कीचुहा–३ चिसापानीका २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धीरज शाही, लम्कीचुहा–१ का २२ वर्षीय कपिल श्रेष्ठ तथा १८ वर्षीय किशोर, टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रवीण रिमाल, २१ वर्षीय रोहित आले र २६ वर्षीय सोहन शाहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरुले योजना बनाएर युवकको हत्या गरेको मृतकका आफन्तहरुले दाबी गर्दै आएका छन् । यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

हत्या आराेपी ।

दोषीलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले हिजो दिनभर पूर्वपश्चिम राजमार्गको लम्कीमा चक्काजाम गरेका थिए । अभियुक्तलाई कारबाहीको दायरामा नल्याएसम्म शव नबुझ्ने भनेपछि दिनभरसम्म शव टीकापुर अस्पतालमै रहेको थियो ।

दोषीलाई कारबाही गर्ने सहमतिअनुसार हिजो साँझ आफन्तले शव बुझेर अम्तिम संसकार गरेको प्रहरीले जनाएको छ । उनले अझै पनि घटनामा संलग्न केही फरार रहेको जनाउँदै उनीहरुको खोजीकार्य भइरहेको बताएका छन् ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले सुप प्र ०१००८ प ५५६५ नम्बरको स्कुटर र सुप प्र ०१००८ प १०७२ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

भूपेन्द्र बडुवालको मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या भएको थियाे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर