जोनसोन एन्ड जोनसोनका सीईओ गोर्स्की एप्पल कम्पनीमा जाने – Nepal Press

जोनसोन एन्ड जोनसोनका सीईओ गोर्स्की एप्पल कम्पनीमा जाने

काठमाडौं । प्रसिद्ध अमेरिकी टेक्नोलोजी कम्पनी एप्पपले जोनसोन एन्ड जोनसोनका वर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलेक्स गोर्स्कीलाई कम्पनीको निर्देशक बोर्डमा नियुक्त गर्ने घोषणा गरेको छ । गोर्स्कीको एप्पल सरुवा हुने घोषणा कम्पनीले स्वास्थ्यमा विशेष ध्यान दिँदै प्रयोगकर्ता र डाक्टरबीच कसरी डेटामा पहुँच सहज बनाउने भन्ने समयमा भएको छ ।

गोर्स्कीको भूमिकाबारे एप्पलका सीईओ टिम कुकले उनलाई स्वास्थ्यको क्षेत्रमा दूरदर्शी र टेक्नोलोजीप्रति एकदमै प्यासोनेट व्यक्तिको रूपमा प्रशंसा गरेका छन् । एप्पलले स्वास्थ्य क्षेत्रमा राखेका महत्वकांक्षा गोप्य छैनन् । एप्पल वाच त्यसको एक पाटो हो, जहाबाट प्रयोगकर्ताले कम्पनीलाई डेटा उपलब्ध गराउन सक्छन् ।

पछिल्लो आईओएस र वाचओएसमा आएको अपडेटमा थप स्वास्थ्य सम्बन्धी फिचर थपिएका छन् । जसको माध्यमबाट डाक्टर वा परिवारका सदस्यसँग आफ्नो फिजिकल फिटनेस तथा स्वास्थ्य सम्बन्धी डेटा सेयर गर्न सकिन्छ ।

गोर्स्कीलाई निर्देशक बोर्डमा ल्याउने निर्णय गरेसँगै एप्पलले अझै केही नयाँ स्वास्थ्य सम्बन्धी फिचर ल्याउनेमा विश्वस्त हुन सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर