२०० दिनपछि चार अन्तरिक्षयात्री फ्लोरिडामा उत्रिए – Nepal Press

२०० दिनपछि चार अन्तरिक्षयात्री फ्लोरिडामा उत्रिए

काठमाडौं । स्पेसएक्स क्यापसुल सोमबार राति फ्लोरिडामा अवतरण गरेसँगै ४ अन्तरिक्षयात्री २०० दिनपछि पृथ्वीमा फर्किएका छन् । नासाका चार अन्तरिक्ष यात्री शेन किम्ब्रोग, मेगान म्याकआर्थरसँगै युरोपेली स्पेस एजेन्सीका थोमस पेस्क्वेट र जापानी एरोस्पेस एजेन्सीका अकिहिको होशिडे शनिबार राति फ्लोरिडामा ल्यान्ड गरेका हुन् ।

फ्लोरिडास्थित समुद्रमा स्पेसएक्स क्यापसुल ल्यान्ड भएसँगै उनीहरूलाई बाहिर निकाल्नका लागि दूर्त डुङ्गा परिचालन गरिएको थियो । उनीहरूलाई अवतरणपछि बाहिर निकाल्नका लागि रिकभरी टोलीले ३ माइल टाढा पर्खिरहेको थियो ।

सोमबार राति १०ः३८ बजे उनीहरूलाई हरियो सिग्नल दिएर क्यापसुलतर्फ जान संकेत गरिएको थियो । र, १०ः३३ बजे क्यापुसल फ्लोरिडामा ल्यान्ड भएसँगै अन्तरिक्षयात्रीलाई रिकभरी टोलीले बाहिर निकालेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर