टेस्लाले कारमा टिडाल एप थप्यो – Nepal Press

टेस्लाले कारमा टिडाल एप थप्यो

प्रयोगकर्ताले स्पोटिफाइ र टिडालमा छान्न पाउने

काठमाडौं । स्पोटिफाइको सट्टा अर्को एप चाहने प्रयोगकर्तालाई टेस्लाले अब सन्तुष्ट पार्ने भएको छ । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले अब प्रयोगकर्तालाई स्पोटिफाइ र टिडालमध्ये एउटा एप छान्न पाउने भएका हुन् ।

टेस्लाको नयाँ फिर्मवेयर अपडेट २०२१.४० मा यो अपडेट उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

‘टिडाल स्ट्रमिङ अब टिडाल अकाउन्टसहित उपलब्ध हुनेछ,’ टेस्लाको रिलिज नोटमा भनिएको छ, ‘टिडालमा गुणस्तरीय प्लेलिस्ट वा एल्बमहरू वाइफाइमार्फत डाउनलोड गरेर आफूले चाहेको कन्टेन्ट सुन्न सकिने छ ।’

टिडाल एप स्पोटिफाइको विकल्प मात्रै होइन । अमेरिकी प्रतिष्ठित कम्पनी स्क्वायरको स्वामित्वमा रहेको टिडालले स्पोटिफाइको तुलनामा गुणस्तरीय अडियो सामग्री उपलब्ध गराउँदै आएको छ ।

टेस्ला कारको साउन्ड सिस्टम पनि उत्कृष्ट रहेकाले यसका प्रयोगकर्ता स्पोटिफाइले दिने गुणस्तरबाट पूर्ण सन्तुष्ट छैनन् । जसले गर्दा पनि पछिल्लो समय ‘हाइ डिमान्ड’मा रहेको टेस्लाका प्रयोगकर्ताले स्पोटिफाइभन्दा टिडाल छान्ने सम्भावना पनि धेरै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर