हामी १०-१५ दिन रिल्याक्स गर्दा अदालतले पार्टी दुईवटा बनाइदियो : प्रचण्ड (भिडिओ) – Nepal Press

हामी १०-१५ दिन रिल्याक्स गर्दा अदालतले पार्टी दुईवटा बनाइदियो : प्रचण्ड (भिडिओ)

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निरंकुशताविरुद्धको संघर्ष सफल भए पनि आफूहरु पूरै विजयी भने भइनसकेको बताएका छन् । पार्टीनिकट कर्मचारीको कार्यक्रममा बोल्दै उनले अझै पनि देशी-विदेशी प्रतिक्रियावादीको षडयन्त्र जारी रहेको उल्लेख गरे ।

पार्टीनिकट नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले सत्तारुढ गठबन्धन भत्काउने षडयन्त्र अहिले पनि जारी रहेको बताए ।

उनले कर्मचारीलाई भने, ‘हामी थोरै पनि रिल्याक्स गर्ने ठाउँमा छैनौ । १०/१५ दिन रिल्याक्स गर्दा हाम्रो पार्टी दुईवटा बनाइदियो अदालतले । अब रिल्याक्स गर्नु हुँदैन । तपाईंहरू आफ्नो आँखा र कान खुल्ला राख्नुस् ।’

प्रचण्डले प्रतिक्रियावादीको सेटिङमा परेर निर्वाचन आयोगले आफूहरूलाई पार्टीको वैधानिकता नदिएको गुनासो गरे । बहुमत सांसदको हस्ताक्षरसहित कागज लिएर संसद सचिवालयमा दर्ता गरेकै दिन पार्टी दुईवटा बनाउने गरी अदालतको फैसला आएको उनको भनाइ छ ।

‘प्रतिक्रियाबाट सेटिङबाट पार्टी विभाजन गरियो, सेटिङ कसरी हुँदोरहेछ भन्ने थाहा पायौं,’ प्रचण्डले भने ।

उनले आगामी तीन तहको चुनाव एकैपटक गर्नेबारे सत्तारुढ गठवन्धनमा छलफल भइरहेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर