प्रचण्डको दाबी- ज्ञानेन्द्रका केही मान्छे भेटेर ओलीले मौका आए गणतन्त्र उल्ट्याउने भनेछन् (भिडिओ) – Nepal Press

प्रचण्डको दाबी- ज्ञानेन्द्रका केही मान्छे भेटेर ओलीले मौका आए गणतन्त्र उल्ट्याउने भनेछन् (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओली परिवर्तन उल्ट्याउन लागि परेको आरोप लगाएका छन् ।

सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रका केही मान्छेसँग ओलीले भेटेर यस्तो कुरा गरेको सूचना आफूले पाएको दाबी गरे।

‘उनले भन्थे सधैँ मलाई यो संघीय लोकतान्त्रिक गणतन्त्र पनि मन परेको छैन, मलाई यो समावेशी समानुपातिक भनेर दलित, महिलालाई कोटा छुट्याएको पनि मन परेको छैन,’ प्रचण्डले भने, ‘अस्ति त ज्ञानेन्द्रका केही मान्छेहरुसँग भने भन्ने सूचना मैले पाएँ । मलाई जिन्दगीभरी मन परेको होइन, बाध्य भएर स्वीकार गरेको हो । त्यसकरण मौका आयो भने उल्ट्याउने हो भनेर भनेछन् । तपाईंहरू विचार गर्नुहोला स्थिति कहाँसम्म पुग्या रहेछ ।’

प्रतिक्रियावादी शक्तिले ओलीलाई मलजल गरेर प्रतिक्रान्तिकारी बनाएको र त्यसविरुद्ध आफूहरूले संघर्ष गरेको प्रचण्डको भनाइ छ । नेकपामा आफूहरूले हारेको नभइ जितेको प्रचण्डले जिकिर गरे । त्यसबेला २५ प्रतिशतमा ओली र आफूहरू ७५ प्रतिशतमा भएको उनको दाबी थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर