प्रचण्डको समीक्षाः ‘मार्केटिङ गर्न नजानेर’ कमजोर भइयो, अब सबैथोक गरेर पार्टीमा नयाँ उभार ल्याइन्छ (भिडिओ) – Nepal Press

प्रचण्डको समीक्षाः ‘मार्केटिङ गर्न नजानेर’ कमजोर भइयो, अब सबैथोक गरेर पार्टीमा नयाँ उभार ल्याइन्छ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा आफ्नो राजनीतिक एजेण्डाको मार्केटिङ गर्न नजानेर पार्टी कमजोर भएको बताएका छन् । उनले अब विगतबाट पाठ सिक्दै गर्नपर्ने जति सबै गरेर पार्टीमा नयाँ उभार ल्याउने बताए ।

माओवादी केन्द्र कीर्तिपुरले आयोजना गरेको तिहार तथा छठ पर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– हामीले मार्केटिङ गर्न जानेनौं, अब त्यो पनि गर्नुपर्छ । केही महिनाभित्र पार्टीमा उभार आउँछ ।

केही समयअघि अलि शिथिल भएको माओवादी आन्दोलन फेरि अघि अघि बढ्ने उनले बताए ।

शुभकामना आदानप्रदान कार्यक्रममा उनले कीर्तिपुरको लालपुर्जा समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । कीर्तिपुरको सम्पदा संरक्षणमा पनि आफ्नो ध्यान केन्द्रित भएको उनले बताए ।

विगतबाट पाठ सिकेर अहिलेको ‘तेस्रो इनिङ’मा माओवादी सहभागी सरकारले कीर्तिपुरको विकासमा सहयोग गर्ने उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर