कांग्रेस सभापतिलाई रेणुको जवाफ- आफ्नो पालामा सिन्को नभाँच्नेहरु हामीलाई लखेट्ने कुरा गर्दैछन् – Nepal Press

कांग्रेस सभापतिलाई रेणुको जवाफ- आफ्नो पालामा सिन्को नभाँच्नेहरु हामीलाई लखेट्ने कुरा गर्दैछन्

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले चितवनको भरतपुरको विकास देखेर अत्तालिएकाहरुले आफूहरुलाई लखेट्ने कुरा गरेको बताएकी छन् ।

नेकपा माओवादी केन्द्र भरतपुर महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले चार वर्षको अवधिमा कसैले नगरेको र गर्न नसकेका काम हुँदा केहि व्यक्ति आत्तिएकाले अनावश्यक अभिव्यक्ति दिन थालेको बताइन् ।

‘जनताको अमूल्य मतबाट निर्वाचित भएर आएपछि सिन्को नभाँच्ने हिजोको परिपाटी थियो,’ पार्टी अध्यक्ष प्रचण्डसमेतको उपस्थिति रहेको कार्यलक्रममा उनले भनिन्, ‘विकासका नाममा केहि नगर्ने, चुनावदेखि चुनावसम्मको स्थितिमात्र थियो । अहिले महानगरपालिकाभरि विकासको लहर आएको छ । यो सबै महानगरवासीले देखेको कुरा हो । जनताको मन जितेर स्वार्थ नराखेर रातदिन काम गर्दा लखेट्ने कुराहरु आएका छन् ।’

नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले केहि दिनघि प्रचण्ड र रेणुलाई चितवनबाट लखेट्ने अभिव्यक्ति दिएका थिए । श्रेष्ठको सोही अभिव्यक्तिलाई लक्षित गरी रेणुले काउन्टर दिएकी हुन् ।

उनले नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तै हुने तय भए पनि भरतपुरमै ल्याएर गर्नुपर्ने स्थिति बनाइएको बताएन् । ‘सबै तिरबाट घेराबन्दी र काम गर्ने मान्छेलाई लखेट्ने परिपाटी अहिले पनि हामीले देखेका छौं । म भन्न चाहन्छु । हामी हिजो पनि जनताका अधिकारका लागि मर्न तयार भएर हिडेका हौं, अहिले पनि जनताकै लागि लडिरहेका छौं । जति हामीलाई लखेट्ने कुरा गर्छन् त्यति नै धेरै जनताको सेवक भएर काम गर्ने प्रेरणा मिलेको छ,’ उनले भनिन् ।

महानगर प्रम्ख दाहाल तत्कालीन कांग्रेस-माओवादी गठबन्धनबाट निर्वाचित भएकी हुन् ।


प्रतिक्रिया

One thought on “कांग्रेस सभापतिलाई रेणुको जवाफ- आफ्नो पालामा सिन्को नभाँच्नेहरु हामीलाई लखेट्ने कुरा गर्दैछन्

  1. मेयरजी देउवाको तस्विर पूजाकोठामा राखेको छ किछैन?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर