जिपलाइनबारे प्रचण्डको प्रष्टीकरणः रमाइलै हुन्छ भन्ने भयो, तुरुन्तै निर्णय गरेर चढेको हुँ (भिडिओ) – Nepal Press

जिपलाइनबारे प्रचण्डको प्रष्टीकरणः रमाइलै हुन्छ भन्ने भयो, तुरुन्तै निर्णय गरेर चढेको हुँ (भिडिओ)

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही दिनअघि जिपलाइन चढेको विषयले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा निकै चर्चा पायो । देशवासी बाढीपहिरोको कहर झेलीरहेको बेला प्रचण्डले गरेको मनोरञ्जनात्मक क्रियाकलापलाई धेरैले आलोचना पनि गरे ।

यस विषयमा आज प्रचण्डले चितवनमा पुगेर मुख खोलेका छन् । भरतपुर विमानस्थलमा भएका पत्रकार सम्मेलनमा बोल्दै उनले यो कुनै ठूलो विषय नभएको बताए । जिपलाइनबारे प्रचण्डको प्रष्टीकरण यस्तो छ :-

‘त्यो बारेमा म धेरै टिप्पणी गर्न चाहन्न । एक रातको लागि सुकुटे गएको थिएँ । फर्किँदाखेरि जिपलाइन चढ्न रमाइलै हुन्छ भन्ने कुरा भयो । तुरुन्तै निर्णय गरेर चढेँ । नेपाली जनताले बुझ्ने कुरा हो । तपाईंहरूले त्यसलाई सामान्य परिघटनाका रूपमा लिँदा पनि हुन्छ । मेरो जोखिमपूर्ण क्रियाकलाप गर्ने रुचीलाई सकारात्मक ढंगले हेर्दा पनि हुन्छ । यत्रो ठूलो चर्चा हुनुपर्ने विषय होइन यो । म एकचोटी २४ घन्टाका लागि बाहिर गएँ, फर्किँदा जिपलाइन चढेँ, सिद्धियो । देशभरी समाचार बनाउनुपर्ने विषय हो जस्तो लाग्दैन ।’ 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर