विमलले मछिन्द्रबाट ‘ए’ डिभिजन लिग खेल्ने (भिडिओ) – Nepal Press

विमलले मछिन्द्रबाट ‘ए’ डिभिजन लिग खेल्ने (भिडिओ)

काठमाडौं । नेपाली राष्ट्रिय फुटबलर विमल घर्तीमगरले साविक विजेता मच्छिन्द्र क्लबबाट आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने भएका छन् ।

गत सिजनसमेत मछिन्द्रबाट लिग खेलेका विमलले यस सिजनमा पनि खेल्ने भएका हुन् । क्लब स्रोतले दिएको जानकारीअनुसार युवा खेलाडी विमल यस सिजन क्लबसँग रहने निश्चित भइसकेको छ ।

‘यस सिजनसमेत विमल क्लबमै रहनेछन् । विमल र क्लब सम्झौता नवीकरण गर्न तयार भएका छौं,’ क्लब स्रोतले न्युज कारखानासँग भनेको छ ।

क्लबले भोलि (आइतबार) दिउँसो २ बजे पत्रकार सम्मलेन गरेर विमललाई क्लबमा अनुबन्धन तथा सार्वजनिक गर्दैछ ।

गत सिजनमा विमलले मछिन्द्रबाट अन्तिम खेलमात्रै खेलेका थिए । भुटानमा कुवेतसँगको खेलअघि ‘डिस्को काण्ड’ मा मुछिएका विमललाई एन्फाले कारबाही गरेपछि विमलले अन्तिम खेल मात्रै खेल्न पाएका थिए ।

यसअघि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण क्रममा विमलले घुँडाको एसीएलमा चोट लागेपछि उनी कतारमा उपचारका लागि गएका थिए ।

गत सिजन अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र पहिलो पटक लिगको उपाधि हात पार्न सफल भएको थियो । अन्तिम खेलमा आर्मीलाई बराबर काफी थियो भने मछिन्द्रलाई जितको विकल्प थिएन ।

यसपटक क्लबले कप्तान विराज महर्जनलाई बिदाई गर्दै सुजल श्रेष्ठ, विशाल राई, रन्जित धिमाल, देभेन्द्र तामाङ, रेजिन सुब्बा, अभिषेक रिजाल, मनिष डांगी, गोलरक्षक विशाल श्रेष्ठसँग सम्झौता गरिसकेको छ ।

मछिन्द्रले यसपटक प्रशिक्षकमा पनि ए लाइसेन्स प्राप्त प्रवेश कटुवालसँग सम्झौता नवीकरण गरिसकेको छ ।

तस्वीर: एन्फा ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर