नेप्से १४ अंकले घट्यो, कारोबार पनि बढेन – Nepal Press

नेप्से १४ अंकले घट्यो, कारोबार पनि बढेन

काठमाडौं । नेप्से परिसूचक आज १४.७० अंकले घट्दै २५५६.९६ विन्दुमा पुगेको छ ।

६१ लाख ६ हजार ४५२ कित्ताको किनबेचमा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो पनि कारोबार रकम २ अर्ब ६८ करोडमा नै सीमित थियो ।

आज अन्य र म्यूचल फण्डबाहेकका उप समूहको परिसूचक राताम्मे भएको छ । आज सानिमा बैंकको सेयर सबैभन्दा बढी २७ करोडबराबरको कारोबार भयो । मेरो लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर