संघ सरकारले प्रदेश २ लाई बजेटमा विभेद गर्‍यो : मुख्यमन्त्री राउत (भिडिओ) – Nepal Press

संघ सरकारले प्रदेश २ लाई बजेटमा विभेद गर्‍यो : मुख्यमन्त्री राउत (भिडिओ)

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले आफूहरूलाई सहयोग नगरेको गुनासो गरेका छन् । अन्य प्रदेशभन्दा कम अनुदान प्रदेश २ लाई संघीय सरकारबाट प्राप्त भएको उनले बताए ।

आज बसेको प्रदेशसभा बैठकमा सम्वोधन गर्दै मुख्यमन्त्री राउतले संघ सरकारसँग गुनासो गरेका हुन् ।

उनले भने, ‘अन्य प्रदेशको हकमा आर्थिकदेखि अन्य शीर्षकमा जे-जस्तो विशेष, समपुरक अनुदान सहयोग संघ सरकारबाट भएको छ, त्यो हामीले पाएनौं ।’

उनले प्रदेश सरकारले बनाएका ऐन-नियमको कार्यान्वयनमा विभिन्न व्यवधान उत्पन्न भइरहेको पनि सुनाए । संघ सरकारका कर्मचारीहरू प्रदेश २ प्रति पूर्वाग्रही बनेको उनको आरोप छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर