कपनको ढलमा ज्यान गुमाएका बालकको परिवारलाई राहत दिइने, तत्काललाई एक लाख किरिया खर्च – Nepal Press

कपनको ढलमा ज्यान गुमाएका बालकको परिवारलाई राहत दिइने, तत्काललाई एक लाख किरिया खर्च

काठमाडौं । कपनको ढलमा खसेर मृत्यु भएका १० वर्षीय उज्ज्वल विश्वकर्माको परिवारलाई राहतस्वरूप ४ लाख दिने सहमति भएकाे छ ।  मृतककाे परिवारलाई काठमाडाैं महानगरपालिका -६ र बूढानीलकण्ठ नगरपालिका- १० को दुई वडाले दुई/दुई लाख राहत दिने सहमति भएको हाे ।

सहमति भएपनि  प्रकिया पूरा गर्न बाँकी भएकोले रकम नपाइसकेको बालककी फुपू अनिता कोइरालाले बताइन् ।

उनले नेपाल प्रेससँग भनिन्,‘बूढानीलकण्ठ नगरपालिकाले किरियाखर्च भनेर १ लाख दिएको छ । दुई वटा वडाले दिने भनेको अरु रकम मृत्युदर्ता नभइ पाइन्न रे । पाटन अस्पतालले पोस्टमार्टम रिर्पोट बौद्ध प्रहरीलाई पठाएको छ रे कागजपत्र वडा आएपछि दसैँपछि हुन्छ होला कि ।’

काठमाडौं महानरपालिका र बूढानिलकण्ठ नगरपालिकाको सिमानामा रहेको तरकारी बजारनजिकै ढलमा खसेर गत असोज ४ गते उज्ज्वल बेपत्ता भएका थिए । उनको शव ५ दिन पछि ललितपुर र मकवानपुरको सीमावर्ति क्षेत्र वागमती नदीमा भेटिएको थियो ।

उनको आफन्तले राहत तथा क्षतिपूर्ति नदिएसम्म शव जिम्मा नलिने बताएका थिए । बालकको शव एक सातासम्म पाटन अस्पतालमा राखिएको थियो ।

स्थानीय तहले राहत दिने सहमतिसँगै परिवारले शव बुझेर सोमबार दाहसंस्कार गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर