मुम्बईबाट उद्दार गरी स्वदेश फर्काइएका १२ बालकको परिवारमा पुनर्मिलन – Nepal Press

मुम्बईबाट उद्दार गरी स्वदेश फर्काइएका १२ बालकको परिवारमा पुनर्मिलन

काठमाडौं । भारतको मुम्बईबाट उद्दार गरी स्वदेश फिर्ति भएका १२ जना बालकहरुलाई परिवारसँग पुनर्मिलन गराइएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड- १९ को महामारी सँगै बिद्यालय बन्द र घरको आर्थिक अवस्था कमजोर भएका कारण रोजगारी खोज्ने सिलसिलामा उनीहरु विभिन्न माध्यमबाट मुम्बइ पुर्याइएका थिए ।

१३ देखि १७ वर्ष उमेर समुहका १२ जना नेपाली बालकहरु भारतको मुम्बईमा बाल कल्याण समिति मुम्बइ, राष्ट्रिय बाल अधिकार परिषद, शक्ति समुह, जेसीवाईसीएन, सीबीसीको समन्वय, सहकार्य र संयुक्त पहलमा उद्दार गरिएका थिए ।

उनीहरुलाई स्वदेश फिर्ति गरी शुक्रवार राष्ट्रिय बाल अधिकार परिषदको सहजीकरणमा पारिवारिक पुर्नमिलन गरिएको हो । स्वदेश फिर्ति गरी पुर्नमिलन गराएका १२ जना बालकहरु मध्ये १० जना रौतहट जिल्ला, १ जना सर्लाही र १ जना महोतरी जिल्लाका छन् ।

बालकहरुको पारीवारिक पुर्नमिलन गराउने क्रममा राष्ट्रिय बाल अधिकार परिषदकी बाल संरक्षण अधिकृत नमूना भुषालले बालबालिकाहरूको विषेश हेरचाह गर्ने मुख्य जिम्मेवारी परिवारको रहेको बताइन् ।

बालबालिका खोजतलास केन्द्रमा कार्यरत प्रहरी निरीक्षक रुद्र बहादुर गिरीले बिभिन्न बहानामा हराएका र भेटिएका बालबालिका धेरैजसो रौतहट जिल्लाका रहेका समेत बताए ।

कोभिड १९ को बेला बिद्यालय बन्द हुनु , बालबालिको विशेष हेरचाह नहुनु जस्ता कारणले हाल धेरै बालबालिकाहरु बालश्रम, मानब बेचबिखन तथा अन्य उत्पिडनका जोखिममा परेका कुरा शक्ति समुहको कानुन तथा तालिम संयोजक दिलिप कोइरालाले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर