युवराज खातीको केस स्टडी- कांग्रेसमा गुटले बाँच्न दिएन इमान्दार कार्यकर्तालाई ! – Nepal Press

युवराज खातीको केस स्टडी- कांग्रेसमा गुटले बाँच्न दिएन इमान्दार कार्यकर्तालाई !

बालकृष्ण खाणका सभापतिको नाम कांग्रेस क्रियाशील सदस्यको सूचीबाटै हटाइयो

काठमाडौं । नेपाली कांग्रेसभित्र गुट उपगुटको राजनीतिका कारण लामो समय योगदान गरेका नेता कार्यकर्ता नै शिकार बन्ने गरेका छन् । यसको पछिल्लो उदाहरण धनुषाका युवराज खाती हुन् । जो २०४१ सालमा त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघको तर्फबाट स्ववियू सभापति निर्वाचित भएका थिए । उनको कार्यसमितिमा उपसभापति रहेका बालकृष्ण खाण अहिले मुलुकको गृहमन्त्री र कांग्रेसको शीर्ष नेतृत्वमा छन् । तर, खातीको नाम भने क्रियाशील सदस्यताको सूचीबाटै हटाइएको छ ।

कांग्रेसले सार्वजनिक गरेको धनुषाको क्रियाशील सदस्यता सूचीमा खातीसहित सयौं पुराना कार्यकर्ताहरूको नाम काटिएको छ । क्षिरेश्वरनाथ नगरपालिका-७ का खातीले सदस्यता नवीकरण गरेको प्रमाण छ तर नाम छैन । क्रियाशील सदस्यता वितरणदेखि नै गुटगत आधारमा ‘काखापाखा’ गर्ने प्रचलन भएकोले धेरै जिल्लामा पुराना कार्यकर्ताको नाम काटिएको छ ।

क्रियाशील सदस्यता टुंगो लगाउन सक्रिय कांग्रेसका नेताहरू भने नवीकरणमा नाम छुट्नु प्राविधिक त्रुटी भएको हुनसक्ने बताउँछन् । नवीकरणको हकमा कसैको नाम छुट्ने अवस्था नआउने भन्दै कांग्रेस केन्द्रीय सदस्य जीवन परियारले छुटेका नाम थप्न सकिने बताए ।

कांग्रेस उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्यहरू आनन्द ढुंगाना, महेन्द्र यादव र रामकृष्ण यादवलगायतको जिल्लामै पुराना नेता कार्यकर्ताको नाम ‘नियतवश’ हटाइएको भन्दै कांग्रेसवृत्तमा नेतृत्वको आलोचना भइरहेको छ ।

२०३३ सालमै आन्दोलनका क्रममा जेल परी २०३६ सालमा धनुषाको रारा बहुमुखी क्याम्पसमा स्ववियू सभापति जितेका खातीलाई क्रियाशील सदस्यबाटै हटाउन केन्द्रीय नेताहरूकै चलखेल भएको बताइन्छ ।

पार्टीभित्र गुटको शिकार हुने आफू एक्लो नरहेको भन्दै खातीले देशभरका कार्यकर्ताले नयाँ संघर्ष गर्नुपर्ने बताए । ‘पार्टी चरम विचलनको अवस्थामा छ । म मेरो मात्रै कुरा गर्दिन, देशभर सदस्यता खोसिएका साथीहरुलाई कसले न्याय दिन्छ ?’, उनले प्रश्न गरे ।

‘अहिले १४ औं महाधिवेशनको सन्दर्भ छ । पार्टीभित्र घात-प्रतिघातको खेल चलिरहेको छ । यसको शिकार म मात्रै होइन हजारौं निष्ठावान् कार्यकर्ता भएका छन्’, खातीले नेपाल प्रेससँग भने । पहिले इमान्दार कार्यकर्ता सिध्याउने , त्यसपछि पार्टी सिध्याउने र अन्तिममा लोकतान्त्रिक व्यवस्था नै सिध्याउने खेल कांग्रेसमा भइरहेको उनको दावी छ ।

पार्टीभित्र गुटको शिकार हुने आफू एक्लो नरहेको भन्दै खातीले देशभरका कार्यकर्ताले नयाँ संघर्ष गर्नुपर्ने बताए । ‘पार्टी चरम विचलनको अवस्थामा छ । म मेरो मात्रै कुरा गर्दिन, देशभर सदस्यता खोसिएका साथीहरुलाई कसले न्याय दिन्छ ?’, उनले प्रश्न गरे ।

क्रियाशील सदस्यता टुंगो लगाउन सक्रिय कांग्रेसका नेताहरू भने नवीकरणमा नाम छुट्नु प्राविधिक त्रुटी भएको हुनसक्ने बताउँछन् । नवीकरणको हकमा कसैको नाम छुट्ने अवस्था नआउने भन्दै कांग्रेस केन्द्रीय सदस्य जीवन परियारले छुटेका नाम थप्न सकिने बताए ।

यो पनि पढ्नुहोस् : कांग्रेसमा रूखका भन्दा गुटका हाँगा धेरै

‘नितयवश केही भएको छैन । उहाँजत्तिको सिनियर नेताको नाम छुटेको रहेछ भने प्रक्रियाबाटै सच्याउँछौं’, परियारले नेपाल प्रेससँग भने । क्रियाशील सदस्यता छानविन समितिका सदस्यसमेत रहेका परियारले सार्वजनिक भएको नामावलीमा कसैको नाम छुटेको भए सच्याउन सकिने बताए । ‘हामीले छुटेका नामहरू थप गरेकै छौं । उहाँको हकमा पनि अन्याय हुन दिन्नौं’, परियारले भने ।


प्रतिक्रिया

One thought on “युवराज खातीको केस स्टडी- कांग्रेसमा गुटले बाँच्न दिएन इमान्दार कार्यकर्तालाई !

  1. Yuvaraj daju has always devoted himself for the nation. He was a true hero during 2033 andolan. My huge respect to him

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर