धितोपत्र बोर्डका निलम्बित अध्यक्ष ढुंगानालाई स्पष्टीकरण सोधिने – Nepal Press

धितोपत्र बोर्डका निलम्बित अध्यक्ष ढुंगानालाई स्पष्टीकरण सोधिने

काठमाडौं । धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले स्पष्टीकरण सोध्ने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

ढुंगानामाथि कानूनविपरीत छोरीका नाममा सर्वोत्तम सिमेन्टको १२ हजार सेयर खरिद गरेको आरोप छ । यसअघि सो प्रकरणमा छानविनका लागि सरकारले पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा समिति बनाएको थियो ।

सो समितिले ढुंगानालाई कारवाही गर्नुपर्ने ठहरसहितको प्रतिवेदन अर्थमन्त्रालयलाई बुझाइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर