समाजकल्याण परिषद्का पदाधिकारीको राजिनामा स्वीकृत – Nepal Press

समाजकल्याण परिषद्का पदाधिकारीको राजिनामा स्वीकृत

काठमाडौं । सरकारले समाजकल्याण परिषद्का उपाध्यक्षसहित राजिनामा दिएका पदाधिकारीको राजिनामा स्वीकृत गरेकाे छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले शुक्रबार उपाध्यक्षसहित राजिनामा दिएका पदाधिकारीकारीकाे राजिनामा स्वीकृत गर्ने निर्णय गरेकाे हाे ।

परिषद्का पदाधिकारीकाे राजिनामा स्वीकृत भएसँगै समाजकल्याण परिषद् पदाधिकारी विहिन भएकाे छ । याेसँगै देउवा सरकारलाइ परिषद्काे पदाधिकारीमा नेता कार्यकता भर्ती गर्ने बाटाे पनि खुला भएकाे छ ।

बैठकले रासायनिक मल नियन्त्रण दोस्रो संशोधन आदेश २०७८ स्वीकृत गरेको सरकारका प्रवक्ता समेत रहेका कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराएका छन् । उनका अनुसार विपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने, शिखर नगरपालिकालाई प्रशासनिक भवन निर्माण गर्नका लागि सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृती दिने पनि निर्णय गरेको छ ।

बैठकले विभिन्न विधेयक संसदमा पेश गर्नका लागि स्वीकृती दिने निर्णय गरेको छ । जसमा सार्वजनिक पद धारण गर्नेको सपत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, तेजाव तथा अन्य घातक रासायनिक पदार्थको नियन्त्रण तथा नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरिवेक्षण र समन्वय ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्नका लागि स्वीकृत दिने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *