जनकपुरमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु, आक्रोशित स्थानीयबासीद्वारा प्रदर्शन – Nepal Press

जनकपुरमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु, आक्रोशित स्थानीयबासीद्वारा प्रदर्शन

जनकपुरधाम । जनकपुरको पिडारी चोकमा टिपरको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । ठक्कर दिने टिपरलाई स्थानीयले आगजनी गरेका छन् ।

ना. ७ ख. ४७४१ नम्बरको टिपरको ठक्करबाट अन्दाजी ४५ वर्षीय आनन्द किशोर दासको मृत्यु भएको हो । उनी भारतीय नागरिक रहेको प्रहरीले बताएको छ । उनको मृत्युपछि आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेर प्रदर्शन गरेका छन् । टिपर श्रतिग्रस्त बनेको छ ।

धनुषाका एसपी प्रकाश रानाभाटले चौराहामा गलत बाटोबाट हिँडेपछि टिपरले ठक्कर दिँदा दासको मृत्यु भएको जानकारी दिए । उनले घटनालगत्तै चालकलाई नियन्त्रणमा लिएको बताए ।

टिपरमा आगजनी गरेर स्थानीय आन्दोलित बनेपछि पिडारी चौकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *