विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षमा शाही – Nepal Press

विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षमा शाही

काठमाडौं । नेत्रविक्रम चन्‍द नेतृत्वको नेपाल कम्‍युनिष्‍ट पार्टी निकट अखिल (क्रान्तिकारी)को अध्यक्षमा प्रकाश शाही चयन भएका छन् । पोखरामा शनिबार सम्‍पन्‍न २२ औँ राष्ट्रिय सम्मेलनले शाहीलाई सर्वसम्‍वत् अध्यक्षमा चयन गरेको हो ।

१ सय ५ सदस्यीय केन्द्रीय समितिको उपाध्यक्षमा नरेन्द्र विक, महासचिवमा मिलन राई, सचिवमा वीरेन्द्र शाह र कोषाध्यक्षमा रूपा बुढामगर चयन भएका छन् । । १ १ सय २० सदस्यीय संगठनको केन्‍द्रीय समितिमा २० जना महिला रहेका छन् ।

सम्मेलनले निवर्तमान अध्यक्ष चिरञ्जीवी ढकालसहितका ३० भन्दा बढी विद्यार्थीलाई संगठनबाट बिदाई गरेको छ । बिदा हुने विद्यार्थी नेतामा निवर्तमान अध्यक्ष ढकालसहित हर्कबहादुर विक, वीरेन्द्र विक, झलक विक, कमल बडुवाल, मुकुन्द श्रेष्ठ, डा. प्रकाश चन्द, सुमन तिमल्सिना, दिनेश सारु, ममता रुचाललगायत छन् ।

पार्टीका सचिवालय सदस्य एवम् प्रवक्ता खड्गबहादुर विश्‍वकर्माले नवनिर्वाचित पदाधिकारीसहित केन्द्रीय सदस्यलाई बधाइ दिँदै र पुरानालाई बिदाइ गरेका हुन् । उनले विद्यार्थी संगठनबाट बिदा भएकालाई पार्टीले अन्य महत्वपूर्ण जिम्मेवारी दिने जानकारी गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर