स्यानिटरी प्याडको मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सडकमै सुते युवती (तस्बिरहरू) – Nepal Press

स्यानिटरी प्याडको मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सडकमै सुते युवती (तस्बिरहरू)

काठमाडौं । महिलाहरुले महिनावारीको समयमा प्रयोग गर्ने स्यानिटरी प्याडमा सरकारले लगाएको कर र मुल्यवृद्धीको विरोध गर्दै युवायुवतीले सडकमा प्रदर्शन गरेका छन् ।

प्याड नि:शुल्क वितरण गर्नुपर्नेबारे बहस भइरहेका बेला व्यापारीले मूल्यवृद्धि गरेपछि युवायुवतीले सडकमै सुतेर सांकेतिक विरोध गरेका हुन् । प्रदर्शनकारीले ‘रातो कर, खारेज गर’, ‘सरकार महिनावारीमा कर कहिलेसम्म ?’ भन्दै अर्थमन्त्रीसँग जवाफ खोजेका छन् ।

विदेशबाट आउने कच्चा पदार्थ र ढुवानी खर्च बढेको भन्दै प्याड र डाइपरको मूल्य बढाइएपछि विरोध गरिएको हो । कच्चा पदार्थ र ढुवानी खर्च वृद्धि भएको भन्दै उद्योगी र व्यापारीले मूल्य बढाएका छन् ।

 
 
 
 
 
 
 
 
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *