शोधानान्तर स्थिति ३८ अर्ब ७५ करोड घाटामा, रेमिटान्स पनि घट्यो – Nepal Press

शोधानान्तर स्थिति ३८ अर्ब ७५ करोड घाटामा, रेमिटान्स पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको साउन महिनाको तथ्यांकमा आधारित रहेर सार्वजनिक गरिएको प्रतिवेदनमा शोधानान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यो रकम ५१ अर्ब ४६ करोडले बचतमा थियो ।

समीक्षा अवधिमा चालु खाता ४७ अर्ब ९० करोड घाटामा छ । गत आर्थिक वर्ष चालु खाता २४ अर्ब ८९ करोड बचतमा रहेको थियो ।

पुँजीगत ट्रान्सफर ३८ प्रतिशत कमी आई ६७ करोड ९७ लाख रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी खुद प्रत्यक्ष वैदेशिक लगानी ६५.५ प्रतिशतले कमी आई ४८ करोड ६ लाख भित्रिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गत असार महिनाको तुलनामा विदेशी मुद्राको सञ्चिति ३.२ प्रतिशतले घट्दै १३ खर्ब ५३ अर्ब ८२ करोड कायम भएको छ ।
साउन महिनामा विप्रेषण आप्रवाह १८.१ प्रतिशतले घटेको छ ।

यसैगरी आयात ७५.७ प्रतिशत र निर्यात ११५.९ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ । बढ्दो व्यापारघाटा र वैदेशिक लगानी भित्रिन नसक्दा नेपालको चालु खाता र शोधान्तर घाटा बढ्दै गएको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर