संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई राष्ट्रियसभा अध्यक्षको आग्रह – Nepal Press

संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई राष्ट्रियसभा अध्यक्षको आग्रह

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसदमा प्रमुख प्रतिपक्षी दलले उठाएका विषय संवादबाट समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा नेकपा एमालेका सांसदहरूले बैठक सुचारु नगर्न भन्दै विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले संसद सुचारु गर्नेबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘म नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीज्यूलाई यो समस्या समाधानका लागि वार्ता र सहमतितर्फ अग्रसर हुन आग्रह गर्दछु’, तिमिल्सिनाले भने ।

त्यसअघि एमाले सांसद कोमल ओलीले प्रमुख प्रतिपक्षले उठाएका माग पूरा नहुँदासम्म दुवै सदन सञ्चालन हुन नसक्ने बताएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर