विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक सम्पन्न – Nepal Press

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक सम्पन्न

फागुनमा महाधिवेशन, शासन व्यवस्थाबारे जनमतसंग्रह गर्ने निर्णय

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । तनहुँको बन्दीपुरमा बसेको पार्टीको केन्द्रीय समितिको ११ औं बैठकले जनयुद्ध दिवसको अवसर पारेर आगामी फागुनमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको छ ।

महाधिवेशन अघि मंसिर ८ गते काठमाडौंमा सभा तथा प्रदर्शन गर्ने निर्णय पनि बैठकले गरेको पार्टीका सचिवालय सदस्यले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार बैठकले अहिलेको शासन प्रणाली असफल भएको निष्कर्षमा पुगेको विप्लव नेतृत्वको नेकपाले सबै देशभक्त, प्रगतिशील र कम्युनिस्ट शक्तिलाई मोर्चाबद्ध तथा एकताबद्ध गर्दै जनमतसंग्रहका लागि अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

‘केन्द्रीय समिति बैठकले आफ्नो कार्यातीतिक नारा जनमतसंग्रहका पक्षमा महोल सिर्जना गर्न सबै देशभक्त, प्रगतिशील र कम्युनिष्ट शक्तिलाई मोर्चाबद्ध र एकताबद्ध गर्दै जनमतसंग्रहका लागि अभियान सञ्चालन गर्ने राजनीतिक निर्णय गरेको छ ।’ ती सचिवालय सदस्यले बताए ।

नेकपाले एमसीसीकाे विरोधी सबै राजनीतिक शक्तिसँग सहकार्य गर्ने, देशव्यापी संगठन विस्तार गर्ने र राष्ट्रियता, जनजीविका, भ्रष्टाचार लगायतका मुद्दामा संघर्ष गर्ने निर्णय पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर