फुट्यो निजामति कर्मचारी संगठन, नेकपा एसनिकटका यी हुन् पदाधिकारी (सूचीसहित) – Nepal Press

फुट्यो निजामति कर्मचारी संगठन, नेकपा एसनिकटका यी हुन् पदाधिकारी (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको विभाजनसँगै सो पार्टीसँग नजिक रहेको मुलुककै सबैभन्दा ठूलो नेपाल निजामति कर्मचारी संगठन पनि फुटेको छ । नेकपा एसनिकट कर्मचारी संगठनको बैठकले संगठनका अध्यक्ष केदार देवकोटासहित पदाधिकारीलाई हटाएको घोषणा गरेको छ ।

संगठनले आइतबार पत्रकार सम्मेलन गरी देवकाटाले पदको दुरुपयोग गर्दै संगठनको मर्यादाविपरीत महासचिवसँग सल्लाह नगरी बैठक बोलाएर एकपक्षीय घोषणा गरेको भन्दै उनलाई पदबाट हटाएको जनाएको छ ।

शनिबार संगठनको भेलाले आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलसहितका पदाधिकारी र सदस्यहरूलाई फिर्ता बोलाउने लगायतका निर्णय गरेको थियो ।

माधव नेपाल पक्षधरले अध्यक्ष देवकोटासहित वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला तथा उपाध्यक्षहरू ललिकबहादुर महर्जन, रेणुका केसी, रामचन्द्र जोशी, नौतम पोखरेल, भवानी दाहाल र सहकोषाध्यक्ष गणेश आचार्यलाई पदबाट हटाएको घोषणा गरेका छन् ।

सो समूहले अध्यक्षमा हालका महासचिव रेवन्त गौतम र वरिष्ठ उपाध्यक्षमा मोहन गिरीलाई चयन गरेको छ । उपाध्यक्षहरूमा सीता गुरुङ, वेदप्रसाद खवितडा, हरिकाजी राई, हरिदत्त जोशी, जयकान्त झा, राजकुमार दास, नृपराज जोशी, भीमबहादुर विष्ट र दयाराम खत्री चयन भएका छन् । महासचिवमा शरणकुमार गुरुङ चयन भएका छन् ।

सो समूहले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा मोहनकुमार घिमिरेलाई सिफारिस गरेको छ । यसअघि संगठनको संस्थापन पक्षले अध्यक्षमा केदार देवकोटालाई सिफारिस गरेको थियो ।

नयाँ पदाधिकारीसहितको विज्ञप्ति हेर्नुस् :

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर