पदकप्रति संविधानसभा अध्यक्षको कटाक्ष- मुद्दा हाल्ने र परमादेश जारी गर्नेजति पुरस्कृत भएछन् (भिडिओ) – Nepal Press

पदकप्रति संविधानसभा अध्यक्षको कटाक्ष- मुद्दा हाल्ने र परमादेश जारी गर्नेजति पुरस्कृत भएछन् (भिडिओ)

स्याल कराउनु र सिँगारी हराउनुजस्तै भयो, न्यायाधीशले पदक फिर्ता गर्नु राम्रो

काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधान दिवसकै दिन केपी ओली सरकार हटाउन परमादेश जारी गर्ने न्यायाधीश र मुद्दा हाल्ने वकिलहरू पदकबाट विभुषित हुनु संयोगमात्र नरहेको भन्दै यसले गम्भीर आशंका पैदा गरेको बताएका छन् ।

संविधान दिवसका अवसरमा एमालेले च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्वाङले साँझ चितुवा कराउनु र बिहान सिँगारी खसी हराउनुजस्तै परमादेश जारी गरेर सरकारमा ल्याइदिएको गुन तिर्न पदक दिएको हो भने त्यो बेठीक भएको बताए ।

नेम्वाङले भने, ‘म सम्मानित न्यायाधीशज्यूहरूलाई यो पदक अश्वीकार गर्न सुझाव दिन्छु । नत्र यसले राम्रो सन्देश दिदैन । केपी ओली र एमालेलाई सरकारबाट विस्थापित गर्न मुद्दा लगाउने नेता र परिवार,बहस गर्ने वकिल र फैसला गर्ने न्यायाधीशले पदक पाउनुले चितुवा कराउनु र सिँगारी हराउनु भन्ने उखान मेल खान्छ ।’

नेम्वाङले एमाले फुटाउन दिल्लीबाट भूमिका खेल्ने झलनाथ खनाल, प्रचण्डपत्नी सीता दाहाल र माधव नेपालका पिता स्वर्गीय मंगल उपाध्यायले पदक पाउँदा आफू खुसी भए पनि यसपटक मुद्दा लगाउने, मुद्दा जिताउने र परमादेश जारी गर्नेहरूले मात्र विभूषित हुनु संयोगमात्र नभएको बताए ।


प्रतिक्रिया

One thought on “पदकप्रति संविधानसभा अध्यक्षको कटाक्ष- मुद्दा हाल्ने र परमादेश जारी गर्नेजति पुरस्कृत भएछन् (भिडिओ)

  1. संविधान सभाको अध्यक्ष सुवास नेम्वाङको कुरा सुनेपछि सहमती जनाउँन मन लाग्यो । अहिलेको सरकार परमादेशबाट बनेको सरकार हो । यो सरकार बनाउने प्रकृयामा सकृय भूमिका निर्वाह गर्नेहरू सम्मानित भएकाछन् । यस बिषयमा जनतालाइ जानकारी गराउने काम सञ्चार जगतको हो । हामी पाठकहरूले प्रतिकृया दिएर त्यसको समर्थन गर्दाैँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर