झलनाथलाई राष्ट्र गौरव पदक, प्रचण्डपत्नी र माधव नेपालका स्वर्गीय पिता पनि विभूषित – Nepal Press

झलनाथलाई राष्ट्र गौरव पदक, प्रचण्डपत्नी र माधव नेपालका स्वर्गीय पिता पनि विभूषित

काठमाडौं । सरकारले गठबन्धनमा आवद्ध दलका नेता र तीनका परिवारलाई संविधान दिवसका अवसरमा विभिन्न पदक प्रदान गरेको छ । कतिपय मरणोपरान्त विभूषित भएका छन् ।

सत्तारुढ गठबन्धनका नेता तथा नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्र गौरव पदक प्राप्त गरेका छन् । खनालसँगै नेपाली कांग्रेसका संस्थापक सुवर्ण शमसेरले पनि मरणोपरान्त सो पदक पाएका छन् । राष्ट्र गौरव पदक पाउने दुईजनामात्र छन् ।

कांग्रेस पार्टीका संस्थापक तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्नबाट विभूषित गरिएको छ । यो राज्यबाट प्रदान हुने सबैभन्दा माथिल्लो विभूषण हो ।

त्यस्तै सत्ता गठबन्धनकै नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालले राजनीतिक अभियन्ताका रुपमा प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्राप्त गरेकी छन् । यो पदक पाउनेमा मुख्यसचिव शंकरदास वैरागी, प्रधान सेनापति प्रभुराम शर्मादेखि न्यायाधीश अनिल सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी, महान्यायाधिवक्ता खम्मबहादुर खातीलगायत छन् ।

यो पदकबाट विभूषित हुनेमा कांग्रेस र माओवादी केन्द्रका जीवित तथा स्वर्गीय नेताहरू धेरै छन् । त्यस्तै सत्तारुढ गठबन्धनकै नेता नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका स्वर्गीय पिता मंगलप्रसाद उपाध्यायलाई प्रबल जनसेवाश्री पदकबाट विभूषित गरिएको छ ।
रौतहटका उपाध्याय साहित्यकार थिए ।


प्रतिक्रिया

5 thoughts on “झलनाथलाई राष्ट्र गौरव पदक, प्रचण्डपत्नी र माधव नेपालका स्वर्गीय पिता पनि विभूषित

  1. कसले के गरे के ठूलो काम गरे त्यो नै पत्तो छैन जथाभाबी पदक दिनु आफ्नो हात जगन्नाथ भन्ने जस्तै हो ! कस्ता कहाँ गए मुसा चल्ला दरबार ! रास्ट्रको ढुकुटी सिद्ध्याउनेहरुपनी पदकबाट बिभुषित हुनु अनौठो होइन ।

  2. यो भन्दा ठूलो नाटक के नै हुन्छर ? न्यायाधीशको आदेशबाट बनेका प्रधानमन्त्रीले तिनै न्यायधिशलाई गुन तिर्नु परेन त?

  3. हैन् ! नेपाली संस्कृति र धर्म अनुसार त मरेकालाई पिण्ड दिने हाेईन् र ? साेह्रसाद्ध पनि लागेकाे छ । प्रचण्ड पत्निलाई चाहिँ १७००० जनहत्या गर्न सघाएकाे हुनाले दिईएकाे हाे ? संविधान दिवस भनेको आफ्ना मुद्दा लागेका कार्यकर्तालाई आममाफि, सजाय छुट र आफन्तहरुलाई तक्मा दिने बेदा रैछ, अनि के काे जनताहरुलाई संविधान प्रति श्रद्धा हाेस् त अचम्म भईन्छ हाम्रो देशकाे ताल देखेर 😫😫

  4. अव नेता काेघरमन पालेकाे कुकुर र भानछेलनई पनि पदक दिएकाे भए धेरै राम्रो हुनेथियाे । अब अाउदा दिनमा दिनु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर