सामसुङ ग्यालेक्सी जेड फोल्ड ३ फाइभजी र जेड फ्लिप २ फाइभजीको प्रि-बुकिङ उत्साहजनक – Nepal Press

सामसुङ ग्यालेक्सी जेड फोल्ड ३ फाइभजी र जेड फ्लिप २ फाइभजीको प्रि-बुकिङ उत्साहजनक

काठमाडौं । इलेक्ट्रोनिक्स् ब्राण्ड सामसङले ग्यालेक्सी जेड फोल्ड ३ फाइभजी र जेड फ्लिप२ फाइभजीको प्रि–बुकिङ्गमा उत्साहजनक सहभागिता रहेको सामसुङले बताएको छ । यी कम्पनीका नयाँ फ्लागसिप फोनका लागि प्रि–बुकिङ अपेक्षा गरिएकोभन्दा धेरै भएको कम्पनीले बताएको छ ।

‘नेपाली उपभोक्ताहरु सदैव नवीन प्रविधिलाई आत्मसाथ गर्न र विश्वव्यापी आविष्कारहरु प्रति निरन्तर जानकार रहन सदैव उत्साहित हुनुहुन्छ । यसैको प्रतिफल ग्यालेक्सी जेड फोल्ड ३ र जेड फ्लिप ३ को प्रि-अडरमा देखिएको उत्साहबर्धक सहभागिता पनि एक हो,’ सामसङ मोबाइल नेपालका बिजनेस हेड प्रणय रत्न स्थापितले भने, ‘हामीले प्रि–अडर खुल्ला गरेको दिनयता ६ दिनमै लक्ष्य प्राप्त गरिसकेका थियौं र अस्थायी रूपमा प्रि-बुकिङ्गलाई स्थगित गर्नु पर्ने स्थिति पनि उत्पन्न भयो । हाम्रा ग्राहकहरूको निरन्तर साथ सद्भाव एवं समर्थनको लागि हृदयदेखि नै हार्दिक आभार प्रकट गर्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर