एनआरटीलाई केल्मीको प्रायोजन – Nepal Press

एनआरटीलाई केल्मीको प्रायोजन

काठमाडौं । आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगको तयारीमा रहेको न्युरोड टिम (एनआरटी)लाई खेल पोशाक कम्पनी केल्मीले प्रायोजन गर्ने भएको छ ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै क्लब र कम्पनीबीच भएको सम्झौताअनुसार चार वर्षका लागि केल्मीले प्रायोजन गर्ने भएको हो ।

एनआरटी क्लबका अध्यक्ष सुन्दरनरसिंह जोशी र केल्मीको नेपालका लागि आधिकारिक बिक्रेता कामरू ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

बुधबार भएको सम्झौताअनुसार केल्मी एनआरटीको किट पार्टनरको रूपमा चार वर्षका लागि रहने छ ।
एनआरटीले कात्तिक २९ गतेदेखि सुरु हुने ‘ए’ डिभिजन लिगमा केल्मीको जर्सी लगाउने छ भने केल्मीले क्लबलाई खेल सामग्री उपलब्ध गराउने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *