विद्यार्थीलाई त्रिविले समकक्षता नदिएपछि उपकुलपतिको कार्यालय अगाडि धर्ना – Nepal Press

विद्यार्थीलाई त्रिविले समकक्षता नदिएपछि उपकुलपतिको कार्यालय अगाडि धर्ना

काठमाडौं । सीएका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता नपाएपछि उपकुलपतिको कार्यालय अगाडि धर्ना दिएका छन् । भारतको इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट अध्ययन गरेर फर्किएका विद्यार्थीले मंगलबारबाट धर्ना दिन सुरु गरेका हुन् ।

इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट अध्ययन गरेर फर्किएकालाई त्रिविले एका–एक उच्च शिक्षाका लागि समकक्षता दिन बन्द गरेपछि आफुहरु आन्दोलित बनेको समकक्षता नपाउने विद्यार्थीको नेतृत्व गरेका सुधन महतले बताए । त्रिविसँग पटकपटक आग्रह गर्दा आश्वासन बाहेक केहि नपाएपछि धर्ना दिन सुरु गरेको उनको भनाई छ ।

इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट स्नातक र सीए दुवै उर्तिण गरेका विद्यार्थीलाई स्नातकोत्तर र सीए मात्र उर्तिण भएकालाई स्नातक वा सोसरह मान्यता दिँदै आएको त्रिविले सीएलाई व्यवसायीक पाठ्क्रम भन्दै समकक्षता निर्धारण गर्न बन्द गरेको छ । त्रिविको यहि निर्णय विरुद्ध समकक्षता नपाएका विद्यार्थी विगत डेढ महिनादेखि आन्दोलित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर