ओमानलाई नेपालले दियो १ सय ९७ रनको लक्ष्य, आशिफको ९० रन – Nepal Press

ओमानलाई नेपालले दियो १ सय ९७ रनको लक्ष्य, आशिफको ९० रन

काठमाडौं । युवा ब्याट्सम्यान आशिफ शेखको ९० रनप्रेरित नेपालले विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले ओमानलाई १ सय ९७ रनको लक्ष्य दिएको छ । ओमानको घरेलु मैदान अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाएर १ सय ९६ रनको योगफल तयार गर्‍यो ।

ओमानी बलरसामु सम्हालिन नसकेको नेपालको एक इन्डबाट लगातार विकेट जाँदा ओपनर आशिफले भने ओडीआई करियरकै पहिलो अर्धशतकीय इनिङ खेल्दै ९० रनको महत्त्वपूर्ण योगदान गरे । नेपालका लागि १ सय १२ रनको सामना गरेका आशिफले ७ चौका र १ छक्का प्रहार गरेका थिए ।

ओपनर कुशल भुर्तेल दुई बलको सामना गरेर शून्यमा पेभेलियन फर्किँदा कप्तान ज्ञानेन्द्र मल्लले २१ रनमा आउट भए । सोमबार भएको अमेरिकाविरुद्धको खेलमा अविजित अर्धशतक बनाएका रोहित पौडेलले पनि २० रन मात्रै जोडेर पेभेलियन फर्किँदा विनोद भण्डारी ६, सोमपाल कामी ७, कुशल मल्ल ४ र विक्रम शोब २ रन बनाएर आउट भए । सन्दीप लामिछानेले १० बलमा १६ रन बनाएर आउट हुँदा करण केसीले ४८ बलमा २१ रन जोडे । सुशन भारी २ रनमा अविजित रहे ।

ओमानका लागि तीव्र गतिका बलर बिलाल खानले १० ओभरमा ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै, नेस्टोर धाम्बाले २ तथा मोहमद नदिम र जिशन मक्सुदले १/१ विकेट लिए ।

सोमबारदेखि सुरु भएको शृंखलको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । टस जितेर फाइनल ब्याटिङ रोजेको अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको लक्ष्य नेपालले ५ विकेट गुमाएर ४९ ओभरमा पूरा गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर