सदन कहिलेदेखि चल्छ भन्दा यसो भन्दै बाहिरिए देउवा (भिडिओ) – Nepal Press

सदन कहिलेदेखि चल्छ भन्दा यसो भन्दै बाहिरिए देउवा (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक नियमित गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भएको बताएका छन् ।

आज संसद बैठकबाट बाहिरिँदै गर्दै सदन सुचारुसम्बन्धी पत्रकारको जिज्ञासामा देउवाले सो कुरा बताएका हुन् । ‘प्रधानमन्त्रीज्यू, यसरी कति दिन संसद चलाउनु हुन्छ ?’ भनी प्रश्न गरेका थिए । देउवाले त्यसको जवाफमा संक्षेपमा उत्तर दिए-‘ओलीजीलाई सोध्नू’।

सभामुख अग्नि सापकोटाको भूमिकाप्रति असन्तुष्टी जनाउँदै एमाले सांसदको निरन्तरको अवरोधका कारण आजको बैठक पनि दुईपटक बसेर कार्यसूचीमै प्रवेश नगरी स्थगित गरिएको थियो ।

एमालेले माधवकुमार नेपालसहित १४ जना आफ्नो पार्टीले निष्कासन गरेका सांसदलाई संसद बैठकमा भाग लिन लगाएसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने अडान लिँदै आएको छ । आइतबारको बैठक पनि अवरुद्ध भएपछि प्रतिनिधिसभाको अर्को बैठक मंगलबारलाई बोलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर