एमालेले संसदमा आज पनि अवरोध गर्ने – Nepal Press

एमालेले संसदमा आज पनि अवरोध गर्ने

संसदीय मर्यादाभित्रै रहेर विरोध गर्न सांंसदलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा निरन्तर नारावाजी गरिरहेको प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले आजको बैठकमा पनि अवरोध गर्ने भएको छ ।

आइतबार बसेको एमाले संसदीय दलको बैठकमा संसदीय दलका नेता केपी शर्मा ओलीले आज पनि वेल घेरेर अवरोध गर्ने बताए ।

रोष्टमअघिको वेल विरोधका लागि भएको तर मर्यादापालकले उक्त स्थान पनि आगेटेको भन्दै ओलीले आपत्ति जनाए । संसदीय मर्यादामै रहेर विरोध गर्न सांसदहरूलाई उनको निर्देशन थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर