कोरोनाबाट रोजगारी गुमाएकालाई प्रतिपरिवार १० हजार दिने सरकारको घोषणा – Nepal Press

कोरोनाबाट रोजगारी गुमाएकालाई प्रतिपरिवार १० हजार दिने सरकारको घोषणा

काठमाडौं । कारोनाको कारण रोजगारी गुमाएकालाई सरकारले प्रतिघरपरिवार १० हजार दिने भएको छ ।

रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रमा रहेका अति विपन्न गरिब ५ लाख परिवारलाई १० हजार सरकारले दिने भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयकमार्फत ५ लाख विपन्न परिवारलाई १० हजारका दरले मापदण्डका आधारमा नगद अनुदान दिने घोषणा गरे ।

सरकारले दिने १० हजार अनुदान स्थानीय तहको समन्वयमा २०७८ असोज महिनाभित्र हस्तान्तरण गरिसक्ने उनले जानकारी गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर