मध्यबानेश्वरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज, बम भए/नभएको खुल्न बाँकी (भिडिओ) – Nepal Press

मध्यबानेश्वरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज, बम भए/नभएको खुल्न बाँकी (भिडिओ)

काठमाडौं । काठमाडौंको मध्यबानेश्वरनजिकै भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज पारेको छ ।

आज बिहान करिब पौने १० बजेतिर पुरानो बानेश्वरबाट सेतोपुलतिर आउने ओरालोमा रहेको मातृका आई सेन्टरको तेस्रो तलाको शौचालयभित्र भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गराएको हो ।

डिस्पोजल टोलीका क्याप्टेन सन्दीप थापाका अनुसार अहिले उक्त क्षेत्र सुरक्षित रहेको छ भने शंकास्पद वस्तु सुरक्षितरूपमा नेपाली सेनाले निष्क्रिय पारेको छ । तर्साउने ध्येयले राखिएको त्यो शंकास्पद वस्तु वम भए/नभएको अनुसन्धानपछि मात्रै भन्न सकिने सैनिक डिस्पोजल टोलीले जनाएको छ ।

क्याप्टेन सन्दीपले भने, ‘यो अहिले सेभ्ली डिस्पोज भइसकेको छ, यसको फरदर हामी इन्भेस्टिगेट गर्दर्छौं, यो तर्साउनलाई मात्र राखिएको हो, सर्किट सबै कम्प्लिट भएको छ, यसमा हुनुपर्ने मेन कुरा, एक्सक्ल्यूसिभ कुरा छैन, त्यसैले यो धेरै रिस्की होइन ।’

घटनामा संलग्नहरूको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर