नेपालको दोस्रो विकेट पतन, ३० रन बनाएर आशिफ आउट! – Nepal Press

नेपालको दोस्रो विकेट पतन, ३० रन बनाएर आशिफ आउट!

काठमाडौं । पिएनजीले एकदिवसीय अन्तर्राष्ट्रियमा दिएको १ सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले दुवै ओपनर गुमाएको छ ।

अल अमेरत क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि डेब्यूट्यान्ट कुशल भुर्तेल र आशिफ शेखले ओपनिङ गरेका थिए ।

१३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि २८ बलमा २ चौकासहित १५ रन बनाएर ओपनर कुशल भुर्तेल पेभेलियन फर्केका थिए ।

उनलाई पिएनजीका चाड सोपरले एलबी डब्लु धरापमा पारेर आउट गरेका थिए । त्यस्तै, १३औं ओभरको पाँचौं बलमा नेपालले अर्का ओपनर आशिफलाई पनि ३० रनमा गुमाएको छ ।

४६ बलमा ४ चौकासहित ३० रन बनाएर आशिफ आउट भएसँगै अहिले १४.१ ओभरको खेल जारी रहँदा नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल ५ र आरिफ शेख शून्यसहित क्रिजमा छन् ।

ओमान-अमेरिका र नेपालबीच हुने त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाल ओमान पुगेको हो । तयारी स्वरुप आयोजित एकदिवसीयको दोस्रो खेलमा नेपाल र पिएनजी शुक्रबार पनि भिड्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर