नेपाललाई पहिलो झट्का – Nepal Press

नेपाललाई पहिलो झट्का

काठमाडौं । पपुवा न्युगिनीविरुद्ध १ सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट गुमाएको छ ।

अल अमेरत क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको पिएनजीलाई १३४ रनमा अल आउट गरेको थियो ।

१३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि २८ बलमा २ चौकासहित १५ रन बनाएर ओपनर कुशल भुर्तेल पेभेलियन फर्केका छन् ।

उनलाई पिएनजीका चाड सोपरले एलबी डब्लु धरापमा पारेर आउट गरे । अहिले १‍२.३ ओभरको खेल जारी रहँदा नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल २ र डेब्यूट्यान्ट आशिफ शेख ३० रन बनाएर खेलिरहेका छन् ।

ओमान-अमेरिका र नेपालबीच हुने त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाल ओमान पुगेको हो । तयारी स्वरुप आयोजित एकदिवसीयको दोस्रो खेलमा नेपाल र पिएनजी शुक्रबार पनि भिड्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर