नेपाललाई १३५ रनको लक्ष्य, पिएनजी ३३ ओभरमा अलआउट – Nepal Press

नेपाललाई १३५ रनको लक्ष्य, पिएनजी ३३ ओभरमा अलआउट

काठमाडौं । सन्दीप लामिछानेको चार विकेट प्रेरित नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीलाई १३४ रनमा अल आउट गरेको छ ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि किफायती बलिङ गरेका स्टार स्पीनर सन्दीपले १० ओभरमा ३५ रन खर्चेर चार विकेट लिए ।

टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले कसिलो बलिङ गरेको थियो । नेपालका लागि विक्रम शोब र कुशल मल्लले २/२ तथा सोमपाल कामीले १ विकेट लिए ।

पिएनजीका लागि लेगा सियाकाले सर्वाधिक ३०, चार्ल्स अमिनीले २३, गाउडी टोकाले २२ र विकेटकिपर ब्याट्सम्यान किप्लिन डोरिगाले १५ तथा चाड सोपरले अविजित १७ रन बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

ट्राई नेसन ओडीआई सिरिजको तयारी स्वरुप आयोजित दुई एकदिवसीयमध्ये यो पहिलो खेल हो । दोस्रो खेल पिएनजीसँगै शुक्रबार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *