प्रदेश २ मा एकीकृत समाजवादीका सांसद १३ पुगे, विश्वकर्मा र गुरुङ पनि गरे सनाखत – Nepal Press

प्रदेश २ मा एकीकृत समाजवादीका सांसद १३ पुगे, विश्वकर्मा र गुरुङ पनि गरे सनाखत

जनकपुरधाम । नेकपा एमालेका सांसदद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले पनि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

दुवै सांसदले आज जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । उनीहरुलाई सांसद शत्रुधन महतोले निर्वाचन कार्यालय लगेका थिए ।

प्रदेश २ मा एमालेका २१ सांसद थिए । जसमध्ये ११ जनाले शुक्रबार नै एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन्।

यस प्रदेशमा एमालेका ८ सांसद बाँकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर