विश्व नम्बर एक बार्टी युएस ओपनबाट बाहिरिइन् – Nepal Press

विश्व नम्बर एक बार्टी युएस ओपनबाट बाहिरिइन्

काठमाडौं । विश्व नम्बर एक अस्लेग बार्टी वर्षको अन्तिम ग्रान्डस्लाम- युएस ओपन टेनिसको तेस्रो चरणबाटै बाहिरिएकी छन् ।

शनिबार राति भएको तेस्रो चरणको खेलमा ४३औं बरियताकी शेल्बी रोजर्ससँग २-६, ६-१, ६-७ (५-७) को नतिजामा पराजित हुँदै दुई पटककी ग्रान्डस्लाम च्याम्पियन बार्टी बाहिरिएकी हुन् ।

यसै वर्षको विम्बलडन च्याम्पियन बनेकी बार्टी युएस ओपनको चौथो चरण पार गर्न सकेकी छैनन् । गत वर्ष प्रतियोगितामा अनुपस्थित रहेकी बार्टी २०१९ र २०१८ मा चौथो चरणसम्म पुगेर बाहिरिएकी थिइन् ।

२८ वर्षीया रोजर्स लगातार दोस्रो पटक चौथो चरणमा पुगेकी हुन् । यसअघि उनी २०२० मा युएस ओपनको क्वार्टरफाइनलसम्म पुगेकी थिइन् । रोजर्सले क्वार्टरफाइनल प्रवेशका लागि १५०औं बरियताकी एम्मा राडुकानुसँग खेल्ने छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *