कैलालीमा विङ्गर र अटो ठोक्किँदा ३ जनाको मृत्यु, चार जना घाइते – Nepal Press

कैलालीमा विङ्गर र अटो ठोक्किँदा ३ जनाको मृत्यु, चार जना घाइते

कैलाली । कैलालीमा विङ्गर र अटो आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका ४ राजीपुरमा म १ ज ३१९ नम्बरको विङ्गर र से १ ह २५१० नम्बरको अटो ठोक्किएका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका ९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरी छन् ।

दुर्घटनामा थप चार जना घाइते भएका छन् । घाइते हुनेमा घोडाघोडी ९ कै अटो चालक २२ वर्षीय सुरेश चौधरी, २४ वर्षीय दीपेन्द्र चौधरी, २० वर्षीय अशान्त चौधरी र ३० वर्षीय हरि चौधरी रहेका छन् ।

विङ्गर सहचालक कञ्चनपुरको वेदकोट नगरपालिका १० का २५ वर्षीय धनु रावल सामान्य उपचारपश्चात् प्रहरीले नियन्त्रणमा लिएको छ। विङ्गर चालक फरार रहेको र खोजी कार्य तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर