साविक विजेता ओसाकालाई हराउँदै १८ वर्षीया फर्नान्डेज युएस ओपनको अन्तिम १६ मा – Nepal Press

साविक विजेता ओसाकालाई हराउँदै १८ वर्षीया फर्नान्डेज युएस ओपनको अन्तिम १६ मा

काठमाडौं । साविक विजेता नाओमी ओसाकालाई ५–७, ७–६ (७–२), ७–४ को नतिजामा पराजित गर्दै वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनको अन्तिम १६ मा पुगेकी छन् ।

शनिबार बिहान न्यूयोर्कमा भएको तेस्रो चरणको खेलेका पहिलो सेट गुमाएकी फर्नान्डेजले त्यसपछिका लगातार दुई सेटमा रोमाञ्चक जित निकाल्दै पि–क्वार्टरफाइनल यात्रा तय गरिन् ।

क्यानडियन १८ वर्षीया किशोरी फर्नान्डेजले दोस्रो सेट टाई ब्रेकरमा जितेकी थिइन् । तेस्रो तथा निर्णायक सेटको सुरुआतदेखि नै खेलमा पकड बनाएकी फनान्डेजले करियरको सबैभन्दा ठूलो नतिजा निकालिन् ।

‘खेलको सुरुआतदेखि नै म जित्नका लागि काबिल छु भन्ने लागेको थियो,’ फनान्डेजले खेलपछि भनिन् ।

फर्नान्डेज विश्व नम्बर तीनलाई हराएर अगाडि बढ्ने जारी युएस ओपनमा दोस्रो खेलाडी हुन् । शनिबार बिहान नै भएको पुरुष सिङ्गलतर्फ पनि स्पेनिस किशोर हार्लोल अल्कारजले तेस्रो बरियताका स्टेफानो सित्सिपसलाई पराजित गर्दै प्रि-क्वार्टरफाइनल यात्रा तय गरेका थिए ।

सन् २०२० को अस्ट्रेलियन ओपनबाट ग्रान्डस्लाममा डेब्यू गरेकी फर्नान्डेज पहिलो पटक चौथो चरणमा पुगेकी हुन् ।

उनले क्वार्टरफाइनल प्रवेशका लागि २०१६ की युएस ओपन च्याम्पियन एन्जेलिक्व कर्बरसँग प्रतिस्पर्धा गर्नेछिन् । पछिल्लो तीन वर्षमा दुई पटक युए ओपन च्याम्पियन बनेकी ओसाकाले हार्ड कोर्टमै यो वर्षको पहिलो ग्रान्डस्लाम- अस्ट्रेलियन ओपन जितेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *