स्वार्ट्जम्यान युएस ओपनको अन्तिम १६ मा – Nepal Press

स्वार्ट्जम्यान युएस ओपनको अन्तिम १६ मा

काठमाडौं । अर्जेन्टिनी खेलाडी डिएगो स्वार्ट्जम्यान वर्षको अन्तिम ग्रान्डस्लाम- युएस ओपन टेनिसको अन्तिम १६ मा पुगेका छन् ।

शुक्रबार राति भएको तेस्रो चरणको खेलमा स्लोभाकियाका एलेक्स मोल्कनलाई ६-४, ६-३, ६-३ को सोझो सेटमा पराजित गर्दै स्वार्ट्जम्यान २०१९ पछि पहिलो पटक अन्तिम १६ मा पुगेका हुन् ।

यद्यपि, सन् २०१७ पछि भने स्वार्ट्जम्यान चौथो पटक चौथो चरणमा पुगेका हुन् । विश्व बरियताको ११औं स्थानका स्वार्ट्जम्यान २०१७ मा क्वार्टरफाइनलसम्म पुगेका थिए ।

सन् २०२० फ्रेन्च ओपनको सेमिफाइनलसम्मको यात्रा ग्रान्डस्लाममा उनको करियरकै उत्कृष्ट नतिजा हो । स्वार्ट्जम्यानले क्वार्टरफाइनल प्रवेशका लागि बोटिक भान डी जान्डस्क्लुपको सामना गर्नेछन् ।

जान्डस्क्लुप अर्जेन्टिनाकै फाकुन्डो बाग्निसलाई ३-६, ६-०, ६-२, ६-२ को नतिजामा पराजित गर्दै अन्तिम १६ मा आइपुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *