बैंकिङ चेतनासम्बन्धी सांग्रिला बैंकको घरदैलो अभियान – Nepal Press

बैंकिङ चेतनासम्बन्धी सांग्रिला बैंकको घरदैलो अभियान

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले देशभर एकसाथ घरदैलो गरेको छ ।

स्वास्थ्य मापदण्डको पालना गर्दै आफ्ना ९६ शाखामार्फत घरदैलो कार्यक्रम गरिएको बैंकले जनाएको छ । घरदैलोमा विद्युतीय बैंकिङमा जोड तथा बैंकिङ कारोबारका विविध विषयमा प्रचार गरिएको छ ।

अभियानमार्फत अझ सरल र सहज तरिकाले ग्राहकवर्ग तथा सर्वसाधारण जनतामाझ पुगेर उनीहरूलाई वचत गरी भैपरी आउँदा यसबाट हुने फाइदा, प्रविधिको प्रयोगबाट सहज सेवाको विषयमा पनि जनचेतना जगाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर