राष्ट्रलाई आवश्यक परे पारसले सन्यास फिर्ता लिनुपर्छ: रमेश सिलवाल – Nepal Press

राष्ट्रलाई आवश्यक परे पारसले सन्यास फिर्ता लिनुपर्छ: रमेश सिलवाल

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य-सचिव रमेश सिलवालले नेपाली क्रिकेटलाई आवश्यक परे पूर्व कप्तान पारस खड्का टोलीमा फर्किनुपर्ने बताएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेटलाई आफ्नो नेतृत्वमा डिभिजन–५ देखि एकदिवसीय मान्यतासम्म पुर्‍याएका पारसले गत महिना अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

तर, सदस्य-सचिव सिलवालले अर्जेन्टिनी फुटबल टोलीका कप्तान लियोनेल मेसीको उदाहरण दिँदै आवश्यक परे पारसले सन्यास फिर्ता लिनु पर्ने बताए ।

‘मसँग पारसले सन्यास लिनेबारे परामर्श गर्नुहोला भन्ने सोचेको थिएँ,’ सदस्य–सचिव सिलवालले भने, ‘तर, देशलाई आवश्यक प¥यो भने पारसले फेरि राष्ट्रिय टोलीमा आउन तयार हुनुपर्छ ।’

पारस खड्कालाई ब्रान्ड एम्बेसडर घोषणा गर्न आयोजित कार्यक्रममा बोल्दै सिलवालले पारसले सन्यास लिन हतार गरेको बताएका थिए ।

‘भारतका कप्तान महेन्द्रसिह धोनीहरूले अझै केही वर्ष खेलेका थिए,’ सदस्य–सचिवले भने, ‘तर, सन्यास भनेको नितान्त स्वतन्त्र कुरा हो । म त्यसको सम्मान गर्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर